📍 बुटवल-१०, कालिकाचोक, रुपन्देही  |  ✉️ info@jucbank.com.np
JUC logo
जनउत्थान सामुदायिक लघुवित्तNEWS & NOTICE PORTAL
सीप सिकेर स्वरोजगार बन्न प्रेरित गर्दै जनउत्थान लघुवित्तद्वारा व्यावसायिक च्याउ खेती तालिम
समाचार📅 15 Oct 2026

सीप सिकेर स्वरोजगार बन्न प्रेरित गर्दै जनउत्थान लघुवित्तद्वारा व्यावसायिक च्याउ खेती तालिम

बर्दिया, असोज २४

बर्दियाको गेरुवा गाउँपालिका-३, शान्तिबजारमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सदस्यहरूलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले एकदिने व्यावसायिक च्याउ खेती तालिम सञ्चालन गरेको छ।

‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने मूल नारासहित शनिबार, २०८३ असोज २४ गते संस्थाको शान्तिबजार शाखा सञ्चालन कार्यालयमा तालिम आयोजना गरिएको हो। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त तथा १५ जिल्लामा कार्यक्षेत्र रहेको संस्थाले सदस्यहरूको आर्थिक सशक्तीकरण, सीप विकास र आयआर्जनका अवसर विस्तार गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको जनाएको छ।

शाखा सञ्चालन अधिकृत छोटेलाल चौधरीको अध्यक्षतामा सम्पन्न तालिममा प्रशिक्षक राजेश चौधरीले सहभागीहरूलाई व्यावसायिक च्याउ खेतीसम्बन्धी प्रशिक्षण दिएका थिए। तालिममा विभिन्न समुदायका २३ जना सदस्यको सहभागिता रहेको थियो।

More

अन्य समाचार

कर्जा मात्र हाेइन , सीप र उद्ममशीलता पनि जनउत्थान लघुवित्तको  प्रभाबकारी पहल
समाचार15 Oct 2026

कर्जा मात्र हाेइन , सीप र उद्ममशीलता पनि जनउत्थान लघुवित्तको प्रभाबकारी पहल

लालमटियामा अचार बनाउने तालिम सम्पन्न लालमटिया, दाङ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजन…

थप पढ्नुहोस् →
रैथाने उत्पादनको सम्भावना पहिचान तथा बजारीकरणसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न
समाचार15 Oct 2026

रैथाने उत्पादनको सम्भावना पहिचान तथा बजारीकरणसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

बुटवल । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रैथाने उत्पादनको सम्भावना पहिचान तथा बजारीकरणसम्ब…

थप पढ्नुहोस् →
बाढी प्रभावितका लागि जनउत्थान सामुदायिक लघुवित्तद्वारा ४ लाख सहयोग
समाचार15 Oct 2026

बाढी प्रभावितका लागि जनउत्थान सामुदायिक लघुवित्तद्वारा ४ लाख सहयोग

बुटवल- हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्…

थप पढ्नुहोस् →