📍 बुटवल-१०, कालिकाचोक, रुपन्देही  |  ✉️ info@jucbank.com.np
JUC logo
जनउत्थान सामुदायिक लघुवित्तNEWS & NOTICE PORTAL
कर्जा मात्र हाेइन , सीप र उद्ममशीलता पनि जनउत्थान लघुवित्तको  प्रभाबकारी पहल
समाचार📅 15 Oct 2026✍️ प्रस्तुत: संगिता बि क

कर्जा मात्र हाेइन , सीप र उद्ममशीलता पनि जनउत्थान लघुवित्तको प्रभाबकारी पहल

लालमटियामा अचार बनाउने तालिम सम्पन्न

लालमटिया, दाङ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा मिति २०८३ साल असोज २५ गते आइतबार लालमटिया, दाङमा अचार बनाउने तालिम सम्पन्न भएको छ।

सदस्यहरूको सीप तथा क्षमता अभिवृद्धि गरी स्वरोजगार र आत्मनिर्भर बनाउने तथा आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो।

शाखा सञ्चालन कार्यालय लालमटियाका शाखा सञ्चालन अधिकृत सङ्गीता बि.क.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आशिक नेपालीले गर्नुभएको थियो। कार्यक्रममा शाखा सञ्चालन कार्यालय सतबरियाकी शाखा सञ्चालन अधिकृत शर्मिला चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

तालिममा प्रशिक्षक तथा अतिथिका रूपमा सङ्गीता चौधरी र रचना कुमालको उपस्थिति रहेको थियो। उहाँहरूले सहभागीहरूलाई विभिन्न प्रकारका अचार बनाउने विधि, आवश्यक सामग्रीको छनोट तथा प्रयोग, सरसफाइ र अचारको उचित भण्डारणसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्नुभएको थियो।

कार्यक्रममा १९ जना सदस्य र ८ जना कर्मचारी गरी जम्मा २७ जनाको सहभागिता रहेको थियो।

तालिमले सदस्यहरूको सीप तथा क्षमता विकास गर्नुका साथै घरेलु उद्यम सञ्चालन गरी स्वरोजगार बन्न र आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ। तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा उतार्दै अचार उत्पादन तथा बिक्री वितरणमार्फत आयआर्जन गर्न सहभागीहरूलाई प्रेरित गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष तथा शाखा सञ्चालन अधिकृत सङ्गीता बि.क.ले उपस्थित सम्पूर्ण सहभागीहरूलाई तालिमबाट सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा समेत लागू गर्न अनुरोध गर्नुभयो। उहाँले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विगतमा पनि यस्ता सीपमूलक तालिमहरू प्रदान गर्दै आएको र आगामी दिनहरूमा समेत सदस्यहरूको सीप, क्षमता तथा उद्यमशीलता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। साथै, तालिमबाट प्राप्त सीपलाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रमको समापनमा शाखा सञ्चालन अधिकृत सङ्गीता बि.क. तथा तालिम प्रशिक्षकद्वय सङ्गीता चौधरी र रचना कुमालले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। प्रमाणपत्र वितरणपश्चात् कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो।

More

अन्य समाचार

रैथाने उत्पादनको सम्भावना पहिचान तथा बजारीकरणसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न
समाचार15 Oct 2026

रैथाने उत्पादनको सम्भावना पहिचान तथा बजारीकरणसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

बुटवल । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रैथाने उत्पादनको सम्भावना पहिचान तथा बजारीकरणसम्ब…

थप पढ्नुहोस् →
सीप सिकेर स्वरोजगार बन्न प्रेरित गर्दै जनउत्थान लघुवित्तद्वारा व्यावसायिक च्याउ खेती तालिम
समाचार15 Oct 2026

सीप सिकेर स्वरोजगार बन्न प्रेरित गर्दै जनउत्थान लघुवित्तद्वारा व्यावसायिक च्याउ खेती तालिम

बर्दिया, असोज २४ बर्दियाको गेरुवा गाउँपालिका-३, शान्तिबजारमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटे…

थप पढ्नुहोस् →
बाढी प्रभावितका लागि जनउत्थान सामुदायिक लघुवित्तद्वारा ४ लाख सहयोग
समाचार15 Oct 2026

बाढी प्रभावितका लागि जनउत्थान सामुदायिक लघुवित्तद्वारा ४ लाख सहयोग

बुटवल- हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्…

थप पढ्नुहोस् →